
२३ जेठ काठमाडौं । प्राविधिक तर्फका सहसचिव सरजुकुमार वैद्यलाई सचिवमा बढु भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक समेत भइसकेका वैद्य हाल जल तथा ऊर्जा आयोगमा कार्यरत छन् ।
प्रधानमन्त्री कार्यालयका ती अधिकारीका अनुसार बढुवा समितिले प्राविधिकतर्फको सचिवमा तीन वैद्यसहित तीन जनाको नाम सिफारिस गरेको थियो । वैद्य पहिलो नम्बरमा थिए भने दोस्रोमा रामआधार साह र तेस्रोमा विश्वबाबु पुडासैनी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4