
२४ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् ।
पशुपति क्षेत्रमा विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले आफूलाई मन्त्री पदको लाभ नभएको र अन्य नेतालाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे ।
‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो । मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौँ । दुई महिना त ग्रेसमार्क पाइसक्यो । अरु साथीहरुलाई मौका दिने तपाईको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो’ उनले भने ।
मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तर्वार्ता दिइरहेको भन्दै उनले आपत्ति जनाए । ‘तर हाम्रै पार्टी भित्रका केही …चिप्ले किराहरु आलेले धेरै चलखेल गर्यो भनेर इन्टरभ्यू दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु’ मन्त्री आलेले भने ।
मन्त्री आलेले पशुपति धर्मशाला बतास समूहलाई कौडीको भाउमा दिन नसक्ने बताए ।
प्रतिक्रिया 4