+
+

जिल्ला समन्वय समिति दाङको निर्वाचनका लागि आज मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते ८:०६

२५ जेठ, काठमाडौं । दाङमा जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ २९ गते बिहान १० देखि ३ बजेसम्म निर्वाचन हुनेछ ।

दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरी १० वटा स्थानीय तह छन् । तीमध्ये समन्वय समितिमा नेपाली कांग्रेसको एकल बहुमत छ । कांग्रेसले एक नगरपालिका गरी चार गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने दुई गाउँपालिकामा उपाध्यक्ष जितेको छ।

गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समिति प्रमुखमा उमेदवार हुन पाउँछन् । जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि मतदान भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै गर्न पाउँछन् ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरु पदेन सदस्य हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?