
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह
२५ जेठ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ ।
१२ माघ २०७६ देखि उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन छन् ।
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा (२) १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4