+
+

त्रिविको ताला खोल्न अनेरास्ववियुको ३ दिनको अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १५:१०

२५ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले लगाएको ताला ३ दिनभित्र खोल्न अल्टिमेटम दिएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गरी ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नभए अनेरास्ववियुले ताला फोड्ने चेतावनी दिएकी छन् ।

‘देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको ३ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोेरेर विश्वविद्यालय सञ्चालन गर्न सहयोग गर्नेछ । त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न हामी तयार छौं’ अध्यक्ष बरालले विज्ञप्तिमा भनेकी छन् ।

नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै पाँच महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले विश्वविद्यालयमा ताला लगाउनेलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएको छ ।

त्रिविलाई सेन्टर फर एक्सिलेन्स बनाउने घोषणा गरेको सरकार पाँच महिनादेखि तालाबन्दी हुँदा पनि कानमा तेल हालेर बसेको र विश्वविद्यालयलाई बन्धक बनाउन आफैं क्रियाशील भएको अनेरास्ववियुले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?