+
+

कोभिड संक्रमण बढेसँगै भारतमा उडानका समय मास्क लगाउन अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते ६:५९

२६ जेठ, नयाँ दिल्ली । भारतमा हवाई यातायातको नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ ।

कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको हो ।

नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको निर्देशनमा विमानस्थल परिसरमा पनि मास्क अनिवार्य गरिएको छ ।

नयाँ निर्देशनले भारतमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मास्को महत्वलाई मान्यता दिएको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार विगत २४ घण्टामा ५२३ नयाँ व्यक्तिमा सङ्क्रमण देखिएको छ । हाल दक्षिण एसियाली यस मुलुकमा २८ हजार ८५७ जना कोभिडका सक्रिय सङ्क्रमित रहेका छन् ।

यो संख्या एक दिनअघिको तुलनामा १ हजार ८८१ ले वृद्धि भएको हो । भारतका विमानस्थलमा सुरक्षा व्यवस्थापन गर्ने केन्द्रीय औद्योगिक सुरक्षा बलका कर्मचारीहरूले विमानस्थलमा मास्क लगाउनुपर्ने नियमलाई निगरानी गर्ने बताइएको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?