+
+

जेष्ठ नागरिक तथा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १२:३५

२७ जेठ, काठमाडौं । मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान) ले काठमाडौंको बूढानीलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

आफ्नो स्थापनाको अवसरमा पवित्र समाज सेवा नेपालमा आश्रय लिएर बसेका जेष्ठ नागरिक तथा बालबालिकाहरुको निःशुल्क स्वास्थ्य स्वास्थ्य जाँच गरिएको मेलानका महासचिव रेशम अधिकारीले जानकारी दिए । ३५ जना बालबालिका र ३० जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको उनले बताए ।

बालरोग विशेषज्ञ डा. प्रगति भण्डारी घिमिरे, जनरल फिजिसियन डा. शुशील बोहरा र डा. सौरभ शिविरमा सहभागीहरुको स्वास्थ्य जाँच गरेका थिए ।

सो अवसरमा निःशुल्क औषधि वितरण, प्रयोगशाला जाँच समेत गरिएको उनले बताए । यसको साथै सो आश्रममाका लागि आवश्यक औषधि र स्यानिटरी प्याड वितरण गरिएको थयो ।

साथै मेलानले आश्रममा आश्रय लिएर बसेकाहरुका लागि चामल, दाल, तरकारी लगायतका खाद्यान्न समेत उपलब्ध गराएको मेलानका अध्यक्ष राजेन्द्र खडकाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?