 
																			२७ जेठ, काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छिन् ।
मन्त्रालयमा बञ्चरेडाँडाका बासिन्दासँग भएको छलफलमा मन्त्री झाँक्रीले ठूला ल्याण्डफिल्ड साइट बन्न समय लाग्ने भन्दै त्यसको विकल्पको रुपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताइन् ।
उनले सरकारले बञ्चरेडाँडा र सिसडोलवासीका माग पूरा गरेर मात्रै अघि बताइन् । मन्त्री झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण समस्या सिर्जना भएको उनले बताइन् ।
‘सिसडोलमा कहाँ चुक्यौँ र बञ्चरे डाँडामा त्यो गल्ती दोहो¥याउने छैनौँ भन्ने कुरा निर्माण कार्यबाट नै कमिटमेण्ट छ,’ उनले भनिन्, ‘फोहोर फाल्ने स्ट्याण्डर फलो गरेनौँ भने हुँदैन । यसको अनुगमन, नियमन, कडाई गर्ने काम गर्नेछौं ।’
उनले फोहोर व्यवस्थापनका लागि स्थानीय तहको सहयोग चाहिएको बताइन् । उनले जनप्रतिनिधिहरुसँग सम्झौता भइसकेपछि व्यक्ति र समुह पिच्छे नै सम्झौता गर्न गाह्रो हुने बताइन् । ‘ल्यान्डफिल्ड साइटका जनप्रतिनिधिहरु जग्गा अधिग्रहण गर्नुपर्छ भन्नेमा छैनन्,’ उनले भनिन्, ‘तर बञ्चरे डाँडा आसपासमा ३ हजार ५०० रोपनी जग्गा किन्नुपर्छ भन्ने केही व्यक्तिहरु छन् । किन्नै पर्ने भए सिसडोलको पोष्ट क्लोज भएपछि त्यहाँको वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) रिपोर्ट आएपछि किन्ने हो । अर्को माग गुठीको जग्गालाई रैतान बनाउनु भन्ने छ । गुठीको जगालाई चलाउने कानुनी व्यवस्था नै छैन ।’
काठमाडौं उपत्यकाका २३ वटा पालिकाको फोहोर सिसडोलमा जाने गरेको भन्दै एकै पटक सबै पालिकालाई फोहोर बोक्ने गाडी मापदण्डको गाडी किन्नुस भन्ने अवस्था नरहेको बताइन् ।
झाँक्रीले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले घरको फोहोर उठाएर खोलामा फालेको भन्दै त्यस्तो धेरै स्थानमा रहेको बताइन् । ‘शहरको फोहोर नउठे विष्फोट हुने अवस्था आइसकेको छ तर गर्ने चाहीँ के ?’, उनले प्रश्न गरिन् ।
काठमाडौंको फोहोर व्यवस्थापनका लागि स्थानीयवासीसँग सरकारले शुक्रवार राति १८ बुँदे सहमति गरेको थियो । स्थानीय वासीले विभिन्न माग राख्दै बञ्चरे डाँडामा फोहोर फाल्न नदिँदा केही हप्ता यता काठमाडौंको फोहोर सडकमै थुप्रिएको छ । सहमतिसँगै काठमाडौंको फोहोर बञ्चरे डाँडामा फाल्न थालिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4