+
+

नेसन्स लिग : क्रोएसियासँग डेनमार्क पराजित, फ्रान्स फेरि बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते ८:०४

२८ जेठ, काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत लिग को समूह ए को खेलमा साविक विजेता फ्रान्सले अष्ट्रियासँग १-१ को बराबरी खेलेको छ ।

किलिएन एम्बाप्पेले खेल सकिन सात मिनेटअघि गरेको गोलमा फ्रान्सले संघर्षपूर्ण बराबरी गरेको हो । त्यसअघि आन्द्रेस वेइमनले ३७औं मिनेटमा अष्ट्रियाका लागि गोल गरेका थिए ।

साविक विजेता फ्रान्सले तीन खेल खेल्दा अझै जितविहीन छ । दुई बराबरी र एक हारको नतिजाबाट दुई अंकसहित फ्रान्स समूहको पुछारमा छ । अष्ट्रिया तीन खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई १-० ले पराजित गरेको छ । यस हारपछि डेनमार्को अपराजित यात्रा टुंगिएको छ । क्रोएसियाको भने यो पहिलो जित हो । क्रोएसियाका लागि मारियो पासालिकले ६९औं मिनेटमा गोल गरेका थिए । डेनमार्कका जोनास विन्डले खेलको अन्त्यतिर गोल गरेपछि भिएआरले मान्यता दिएन ।

यसअघि लगातार दुई खेल जितेको डेमार्क पहिलो हारपछि पनि ६ अंकसहित समूहको शीर्ष स्थानमै छ । क्रोएसिया ४ अंकसहित तेस्रो स्थानमा छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?