+
+

‘सिल्ली फो’ फिल्मबारे केकी : भोगाइसँग नजिक भएकाले अभिनय गर्न सजिलो भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १६:१८

काठमाडौं । केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गतेदेखि प्रदर्शन हुने तयारीमा छ । फिल्मबारे जानकारी दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरियो ।

प्रमुख पात्रको रुपमा फिल्ममा केकीले करिअर स्थापित गर्न संघर्षशील अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्मको कथावस्तु आफ्नो जीवनको अनुभवसँग निकट रहेको बताइन् ।

उनले भनिन्, ‘हामीले भोगिरहेको र देखेको समस्या भएकैले यो कथावस्तुमा अभिनय गर्न मलाई सजिलो पनि भयो । आशा छ, फिल्मले दर्शकलाई नयाँपन दिनेछ ।’

निर्देशक राजबहादुर सानेले नेपाली नागरिकले दैनिक जीवनमा भोग्नुपरेको कुरालाई फिल्ममा चित्रण गरिएको बताए । ‘फिल्मले मलाई निर्देशकीय हिसाबमा धेरै कुरा सिक्ने अवसर पनि दिएको छ,’ उनले भने, ‘पहिलोपटक कमेडी फिल्ममा हात हालेको हुँ । यो विधामा म सफल हुन्छु भन्ने आशा छ ।’

सिल्ली फो अर्थात् चार जना मूर्ख नाम राखिएको फिल्ममा चार जना पात्र छन् जो संघर्ष गर्दा समाजबाट मूर्ख ठहरिन्छन् । कलाकारहरु राजाराम पौडेल र रविन्द्र झाले पनि फिल्ममा आफूले कमेडी चरित्रमा अभिनय गरेको बताए ।

फिल्ममा धीरेन शाक्य, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, रेजिना थापा लगायतले अभिनय गरेका छन् । मनोज डीके फिल्मका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?