+
+

प्रदेश र प्रतिनिधिसभा चुनाव आगामी मंसिरमा हुन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते ११:५४
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) । फाइल तस्वीर

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् । उनले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भइरहेको जानकारी दिए ।

बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ । त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ ।’

उनले चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी कोसिस गरिरहेको बताए । ‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल छ । तर जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा देशैभरी सम्पन्न गर्न सम्भव भयो त्योभन्दा त प्रदेश र संघको पनि सहज हुन्छ । त्यसकारण एकैचोटी गर्ने कि भन्ने पनि छलफल छ ।’

उनले थपे, ‘तर फेरि सेक्युरिटीको हिसाबले, अरु हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा चलेको छ । जे भए पनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ ।’

उनले प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?