+

रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा 

२०७९ जेठ  ३० गते ११:५९ २०७९ जेठ ३० गते ११:५९
रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा 

खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् ।

रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्‍याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्‍याउँछ । यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ ।

सुन्तला

सुन्तलाले रिस कम गर्न मद्दत गर्दछ । यो सुन्दा अनौठो लागे पनि सुन्तलाले रिस नियन्त्रण गर्न मद्दत गर्दछ । यसमा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन्, जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ । यसका साथै यसले शरीरमा हाइड्रेसन गर्छ र यसको स्वादले रिस भुल्न मद्दत गर्छ ।

हरियो सागसब्जी

हरियो सागसब्जी मस्तिष्क र विशेषगरी न्युरोन्सका लागि निकै फाइदाजनक हुन्छ । हरियो तरकारीमा एन्टिअक्सिडेन्ट उच्च हुने हुनाले त्यसले मुडलाई शान्त बनाउन मद्दत गर्छ । सागसब्जीमा पाइने पोषक तत्वले चिन्ता कम गर्न र मांसपेशीलाई आराम दिन्छ । त्यसैले जब रिस उठ्छ काँक्रो, मटर र हरियो सागपात खानुहोस् ।

ओमेगा३ पाइने खानेकुरा

डिप्रेसनसँग लड्न फ्ल्याक्ससिड, चिया सिड र ओखरमा पाइने ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ । बदाम, काजू र पास्ता जस्ता चीज खान सकिन्छ, जसले शरीरमा ओमेगा–३ फ्याटी एसिड बढाउँछ र रिस नियन्त्रण गर्न मद्दत गर्दछ ।

नरिवल

नरिवलले ग्लुकोजको स्तर कम गर्छ, जसले गर्दा तनाव कम हुन्छ र दिमागमा शान्त प्रभाव हुन्छ । यसका साथै नरिवलको फाइबरले भोक कम गर्न पनि सहयोगी हुन्छ । यसको अतिरिक्त यसमा भएको म्याग्नेसियमले निद्रा बढाउँछ र दिमागलाई शान्त बनाउँछ ।

भिटामिन ‘डी’युक्त खानेकुरा

आफ्नो भिटामिन ‘डी’को स्तर जाँच गर्नुपर्छ । यसको कमीले रिसलाई बढाउन सक्छ । भिटामिन डीको कमी पूरा गर्न माछा, अण्डाको पहेंलो भाग र च्याउ जस्ता खानेकुरा खान सकिन्छ । साथै, डाक्टरको सल्लाह अनुसार सप्लिमेन्ट पनि लिन सकिन्छ ।

खानेकुरा रिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग