
प्रस्ताव पेश गर्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई । तस्वीर : चन्द्र आले/अनलाइनखबर
३० जेठ, काठमाडौं । रासायनिक मलको अभाव भएको बारेमा नेकपा एमालेका सांसदहरुले पेश गरेको प्रस्तावमाथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याएका छन्।
प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले रासायनिक मलको विषयमा छलफल गर्न भन्दै प्रस्ताव पेश गरेका थिए ।
भट्टराईले प्रस्ताव पेस गरेपछि सभामुखले छलफलका लागि २ घण्टाको समय निर्धारण गरेका हुन् ।
संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि विषयगत छलफल गर्ने नियमित कार्यसूची स्थगित गरेर २ घण्टा मलको आपूर्तिका सन्दर्भमा छलफल हुन लागेको छ ।
एमालेका १५ सांसदले संघीय संसद् सचिवालयमा मलको विषयमा छलफल गर्ने प्रस्ताव दर्ता गराएका थिए।
धानलगाउने समय सुरु भइसक्दा पनि किसानले मल पाउन सकेका छैनन् । देश भरका किसानले मल पाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4