+
+

बक्सिङको पहल र राखेपको खर्चमा खेलकुदमन्त्रीको रुस भ्रमण, सदस्यसचिव गएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १३:२८

२० जेठ, काठमाडौं । नेपाल बक्सिङ संघको पहल र राष्ट्रिय खेलकुद परिषद (राखेप)को बजेटमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र सचिव डा. दामोदर रेग्मीसहितको ८ सदस्यीय टोली रुस भ्रमणमा निस्किएको छ ।

रुसको मस्कोमा हुने रुस–नेपाल खेलकुद सहयोग कार्ययोजनामा सहभागी हुन मन्त्री गहतराज नेतृत्वको टोली रुस भ्रमणमा निस्किएको हो । मन्त्री गहतराजले सो कार्यत्रलममा आफू नेतृत्वको प्रतिधिमण्डलको सहभागिताबाट नेपालको खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने दावी गरेका छन् ।

गत मंसिरमा विश्व बक्सिङ संघका अध्यक्ष रुसी नागरिक उमार क्रेनलेपले नेपालको भ्रमण गरेका थिए । रुसी राजनीतिमा बलियो प्रभाव भएका उनले प्रधानमन्त्री र खेलकुदमन्त्रीसँगको भेटवार्तामा नेपाली खेलकुद विकासमा सहयोग गर्ने बताएका थिए । उमारकै पहलमा रुसी खेलकुदमन्त्री ओलेग भी माटिटसिनको निमन्त्रणामा खेलकुद मन्त्रालयको टोलीले औपचारिक भ्रमण गर्न लागेको हो ।

खेलकुदमन्त्री र सचिवसहित राखेप सदस्यसचिव टंकलाल घिसिङको नाम पनि प्रस्ताव गरिएको थियो । तर मान्त्रिपरिषदबाट स्वीकृत भएर आउँदा घिसिङको नाम उल्लेख थिएन । ‘वैदेशिक भ्रमणका लागि मेरो कुनै योजना थिएन । मलाई केहि थाहा पनि थिएन । नसोधी नाम राखिएको रहेछ । मैले थाहा पाएपछि हटाउन लगाएको हुँ,’ घिसिङले अनलाइनखबरसँग भने ।

रुस जाने नेपाली टोलीमा मन्त्री र सचिवसहित मन्त्रीका स्वकीय सचिव रोशनलाल सुनार, राखेपका प्रशासन विभाग प्रमुख मधुसुधन बस्नेत, बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, सदस्य मानबहादुर भण्डारी र बक्सिङका अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले छन् ।

मन्त्री गहतराज, सचिव डा. रेग्मी र राखेप प्रशासन प्रमुख बस्नेतको भ्रमण खर्च र भत्ता राखेपको बजेटबाट व्यहोर्ने गरी मन्त्रिपरिषदले भ्रमणको स्वीकृति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?