+
+

एक वर्षमा ५ लाख परिवारलाई लालपूर्जा वितरण गर्ने सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १९:०१

३० जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा)  वितरण गर्ने तयारी भएको जानकारी दिएकी छन् ।

प्रतिनिधिसभामा मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् ।

उनका अनुसार कुल करिब १४ लाख परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासी रहेको सरकारी तथ्याङ्क छ । त्यस अनुमध्ये सुकुम्वासी आयोगमार्फत आगामी वर्ष ३०० स्थानीय तहका ५ लाख परिवारहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी रहेको बताएकी छन् । आगामी २ वर्षभित्र बाँकी सबैलाई समेट्ने लक्ष्य राखी काम अगाडि बढाएको उनले बताएकी छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानको लागि राष्ट्रिय भूमि आयोग र जिल्ला समितिहरु गठन भई कार्य प्रारम्भ भइसकेको पनि पनि मन्त्री श्रेष्ठको भनाइ छ ।

जवाफको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?