+
+

कुमारी बैंक र ड्रिमल्याण्ड गोल्ड रिसोर्टबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते २०:१०

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलको सेवामा विशेष छुट पाउने भएका छन् ।

बैंक र रिसोर्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कुमारी बैंकका ग्राहकलाई रिसोर्ट एण्ड होटेलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र रिसोर्टका महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरे ।

सम्झौता अनुसार रिसोर्टमा सेवा लिए बापत बैंकको डेबिट/क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्न ग्राहकले होटल बसाइमा रुम शुल्कमा ३० प्रतिशत र खानपानमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?