+
+

राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ९:०५

३१ जेठ, काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । सरकारले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको हो । उनको ठाउँमा पठाउने तयारी स्वरुप सहसचिव झलकराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्रोतका अनुसार, विभागमा विचाराधिन केही मुद्दामा राजनीतिक दवाव परेपछि उनी आफैं विभागबाट सरुवा हुन पहल गरेका थिए । त्यसपछि ८ महिनामै विभागको महानिर्देशक परिवर्तन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बतायो ।

पौडेलको पालामा महान्यायाधीवक्ताको असहमतीको बाबजुद बोटलर्स नेपालको कर छली प्रकरणमा मुद्दा दायर भएको थियो । महानिर्देशक पौडेलले विभागबाट विदा हुनुअघि विज्ञप्ति जारी गरेर बहुराष्ट्रिय कम्पनीहरुको पुँजीगत लाभकर छली, नक्कली अन्तःशुल्क स्टिकर, क्रिप्टोकरेन्सी जस्ता कर छलीका विषयमा अनुसन्धान केन्द्रित गरिएको जनाए । उनले विभागमा संस्थागत सुधारका क्रममा डिजिटल फरेन्सिक ल्याबको समेत सहयोगमा अनुसन्धानलाई बलियो बनाउन खोजिएको दावी गरेका छन् ।

विभागले ८ महिनाको अवधिमा ६९ वटा मुद्दा दायर गरेको छ । त्यसमा २ सय ३ जना प्रतिवादी छन् । विगो रकम २० अर्ब ६१ करोड रुपैयाँ छ । विदेशी विनिमय अपचलनमा ७८ जनालाई मुद्दा चलाई एक अर्ब १० करोड रुपैयाँ विगो माग दावी भएको छ । विभागले अनुसन्धान सकेका २६ वटा मुद्दा रायका क्रममा सरकारी वकिल कार्यालयमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?