+
+

‘चिसो एस्ट्रे’ भोलिदेखि डिजिटल प्लेटफर्ममा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १३:१२

काठमाडौं । गत चैत ४ मा प्रदर्शनमा आएको फिल्म ‘चिसो एस्ट्रे’ले बुधबारदेखि डिजिटल प्लेटफर्ममा प्रदर्शन यात्रा सुरु गर्ने भएको छ । फिल्म भोलि अर्थात् असार १ देखि डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको हो ।

हलमा ठिकै मात्र व्यापार गरे पनि फिल्मले समीक्षकबाट भने राम्रो प्रशंसा पाएको थियो । खासगरी फिल्मले अभिनय र प्राविधिक पक्षमा तारिफ पाएको थियो । भूपि शेरचनको यही नामको कविताबाट प्रभावित फिल्मलाई दिन्स पाल्पालीले निर्देशन गरेका हुन् ।

पाल्पालीकै लेखन रहेको फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल लगायत कलाकारको अभिनय रहेको छ ।

महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रवीन स्याङबो र सुस्मिता पराजुलीले निर्माण गरेका थिए । सुजन खतिवडा, रुपेश ढुंगाना र नवीन ढुंगानाको सहनिर्माणमा बनेको फिल्मलाई उज्वल बस्ताकोटीले छायांकन गरेका हुन् ।

फिल्मलाई विदेशी प्लेटफर्ममा पनि बेच्ने प्रयास भइरहेको निर्माताले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?