+
+

मेलम्ची बाढीको एक वर्ष : राहत न पुनर्निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ८:१८

१ असार, काठमाडौं । मेलम्चीमा बाढीले वितण्डा मच्चाएको एक वर्ष भएको छ । गत वर्ष असार १ गते लेदोसहितको बाढीले हेलम्बु र मेलम्चीका झण्डै साढे ५00 घर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए भने २६ जनाको ज्यान गएको थियो । करिव ४ हजार रोपनी जग्गा बगर बन्यो ।

हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाले पीडितहरुलाई राहतका कामहरु शुरु गरेपनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । केही दिनअघि त्यस क्षेत्रमा पुग्दा पोहोरको बाढीको असर यत्रतत्र देखिन्थ्यो । स्थानीयवासी यस वर्षको वषर्ा कसरी काट्ने भन्ने चिन्तामा देखिन्थे ।

सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष नै संकटग्रस्त जिल्ला घोषणा गरेको थियो । तर बस्ती संरक्षण, स्थानान्तरण र पुनर्निर्माणका कुरा भए पनि अहिलेसम्म ती काम हुन सकेका छैनन् ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बाढी प्रभावितका लागि सक्दो काम गर्ने बताउँछन् । यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले प्राकृतिक विपदका हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको बताउँदै जोखिमबाट जोगाउन गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको बताए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारविहीनलाई पाँच लाख रुपैयाँको दरले रकम उपलब्ध गराउने घोषणा गरेको भने उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । घरबारविहीन भएकाहरु अहिले पनि अस्थायी टहरामा बस्दै आएका छन् ।

असार १ गते र साउन १६ गते मेलम्ची र इन्द्रावतीमा आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी ५५१ घर बगाएको थियोे । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुंगे पुल, ९ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भएका थिए ।

मेलम्ची खोला बजार र बस्तीमा पसेर वितण्डा नमच्चाओस भनेर अहिले किनारमा ढुंगा र गेग्रयान थुपार्ने काम भइरहेको छ । दर्जनौं स्काभेटरले खोलाको दायाँबाया ढुंगा गेग्रयान थुपारेर ढिस्को बनाइरहेका छन् ।
पोहोरको बाढीले क्षतिग्रस्त पुल भएका ठाउँमा ह्यूमपाइप राखेर अस्थायी बाटो बनाइयो । अब बर्खामा फेरि खोलाले पाइप बगाउला भनेर स्काभेटरले पाइप झिकेर सुरक्षित राखेका छन् ।
मेलम्ची खोला बजार र बस्तीमा पसेर वितण्डा नमच्चाओस भनेर अहिले किनारमा ढुंगा र गेग्रयान थुपार्ने काम भइरहेको छ ।
मेलम्ची बजार पारी पुरिएको रिसोर्ट । यो रिसोर्ट सञ्चालनमा आउने अवस्था छैन ।
मेलम्चीमा बाढीले पुरेको टहरो ।
मेलम्ची खट्टेमा बाढीले पल्टाएको घर ।

तस्विरहरु : कृष्ण ज्ञवाली/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?