+
+

डिपाएले इन्जुरी टाइमा गोल गरेपछि नेदरल्याण्ड्सको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ८:२८

१ असार, काठमाडौं । मेम्फिस डिपाएले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि नेदरल्याण्ड्सले यूईएफए नेसन्स लिग फुटबलमा वेल्समाथि ३-२ को रोमाञ्चक जित निकालेको छ ।

नाओ लाङ र कोडी गाक्पोको गोलमा नेदरल्याण्ड्सले २३ मिनेटभित्र २-० को अग्रता लिएको थियो । ब्रेनेन जोन्सले २६औं मिनेटमा गोल गर्दै वेल्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर निर्धारित समयमा वेल्सले  थप गोल फर्काउन नसक्दा  नेदरल्याण्ड्स जित नजिक पुगिसकेको थियो ।

गारेथ बेलले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए । त्यसपछि डिपाएले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई जित दिलाएका हुन् ।

समूह डी मा तेस्रो जितपछि नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमै कायम छ । पराजित वेल्स भने १ अंकका साथ पुछारमा छ ।

यस्तै यही समूहको अर्को खेलमा बेल्जियमले पोल्याण्डलाई १-० ले पराजित गरेको छ । बेल्जियमका लागि मिची बात्सुईले १६ औं मिनेटमा गोल गरे ।

दोस्रो जितपछि बेल्जियम चार खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट ४ अंक रहेको पोल्याण्ड तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?