+
+

अर्थमन्त्री शर्माले जवाफ दिने विषय कार्यसूचीमा परेन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ११:४९

१ असार, काठमाडौं । अर्थ मन्त्रालयमाथि उठेका प्रश्नको मन्त्री जनाार्दन शर्माले जवाफ दिने विषय आजको संसद बैठकको कार्यसूचीमा परेको छैन ।

संसद बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट निर्माणका क्रममालाई लिएर अर्थमन्त्रालयमाथि विभिन्न प्रश्न उठाएका थिए । तर, आज जारी संसद बैठकमा ती प्रश्नको जवाफ दिने विषय कार्यसूचीमै राखिएको छैन ।

आजको बैठकमा तीनवटा कार्यसूची रहेका छन् । तीमध्ये विनियोजन  विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

कार्यसूचीमा ११ वटा मन्त्रालयको बजेट शीर्षकमा उठेका प्रश्नको जवाफ दिने विषय उल्लेख भए पनि अर्थ मन्त्रालय राखिएको छैन् । यसअघि सम्भावित कार्यसूचीमा भने अर्थ मन्त्रालय पनि सूचीमा थियो ।

मन्त्रीहरूले जवाफ दिनुअघि शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेस गर्ने र त्यसपछि पूर्वमन्त्री मिथिला चौधरीको निधनसम्बन्धी शोक प्रस्ताव रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?