+
+

नेतृत्वको बदनाम गर्न लाग्नेहरुको समयक्रममा हिसाब हुन्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:५४

२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पद र ओहोदामा बसेर नेतृत्वको बदनाम गर्न खोज्नेहरुको समय क्रममा हिसाब किताब हुने बताएका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु पार्टीले दिएको हैसियत प्रयोग गरेर नेतृत्वको बदनाम गर्ने र नेतृत्वलाई कसरी विस्थापित गर्न सकिन्छ भनेर लागिरहेको बताए ।

‘अहिले पनि देखिरहनुभएको छ । कतिपय व्यक्तिहरु पार्टीमा बसेका छन्, पार्टीले दिएका पद, ओहोदा र हैसियत प्रयोग गरिरहेका छन्’ उनले भने, ‘ अनि पार्टीको कसरी अपमान हुन्छ । पार्टीको कसरी विरोध हुन्छ, कसरी बेइज्जत गर्न सकिन्छ, हो त्यही त्यही काम गरिरहेका छन् ।’

ओलीले नेतृत्वलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भनेर केही नेताहरु लागिरहेको पनि टिप्पणी गरे । ‘पार्टी नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ, विस्थापित गर्न सकिन्छ ? धाधलीकरण गर्न सकिन्छ कसरी त्यसलाई अलोकप्रिय बनाउन सकिन्छ ती काम पार्टीभित्र बसेर गरिरहेका छन् ।’

ओलीले थपे, ‘यसको समय क्रममा हिसाब किताब गर्नेछ, त्यसमा धेरै चिन्ता नगर्नुस् ।’ उनले एमाले कार्यकर्तालाई निष्ठाच्यूत हुन सरम लाग्नुपर्ने टिप्पणी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?