+
+

५ ग्राम खैरो हिरोइनसहित मकवानपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १३:५९

५ असार, मकवानपुर ।  प्रहरीले ५ ग्राम लागू औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका-१ चाइनाक्वाटर बस्‍ने ३४ वर्षीय  निराजन घिमिरे रहेका छन् ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि  थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?