+
+

काठमाडौं महानगरले मेट्रोको अध्ययन गर्न संघ सरकारसँग सहकार्य गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १८:०२

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेट्रोबारेको अध्ययन अघि बढाउन संघ सरकारसँग पहल र सहकार्य गर्ने योजना ल्याएका छन् ।

अहिले काठमाडौंमा मेट्रोल रेलमा लागि रेल विभाग र लगानी बोर्डले सम्भाव्यता अध्ययन गरिरहेका छन् । रेल विभाग काठमाडौंको सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक (महाराजगञ्ज) खण्डको ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रोरेल’ चलाउन सम्भव नहुने देखिएपछि अब भूमिगत मेट्रोबारे अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगिसकेको छ ।

लगानी बोर्डले धुलिखेल–नागढुंगा मेट्रो रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बारे कुनै विषय सार्वजनिक गरेको छैन । २०७४ सालमा बोर्डले गरेको प्रारम्भिक अध्ययनले निर्माण थालेको काठमाडौंमा रेल सेवा सम्भव रहेको देखाएको थियो ।

नागढुंगादेखि कोटेश्वर हुँदै धुलिखेल र बूढानीलकण्ठबाट सातदोबाटो हुँदै काठमाडौं–तराई द्रुतमार्गको प्रस्थान बिन्दु (खोकना) जोड्ने रेल तत्कालै बनाउन सकिने अध्ययनको ठहर थियो ।

नागढुंगा–धुलिखेल रेलबाट दैनिक एक लाख ५८ हजार र बूढानीलकण्ठ–खोकना रेलबाट दुई लाख यात्रु लाभान्वित हुने बोर्डको अनुमान छ । यी दुई परियोजनाको लागत करिब तीन खर्ब १६ अर्ब हुने अध्ययनमा उल्लेख थियो ।

काठमाडौंमा मेट्रोरेलबारे जापानको सहयोग नियोग (जाइका), कोरियन इन्जिनियरिङ कम्पनी र रेल विभागले छुट्टा–छुट्टै सम्भाव्यता अध्ययन गरिसकेका छन् । लगानी बोर्डले काठमाडौंमा ७९ किलोमिटर एलिभेटेड रेलमार्ग सम्भव रहेको निष्कर्ष निकालेको थियो ।

काठमाडौं महानगरपालिकाले आफ्नो बलबुताबाट निर्माण र सञ्चालन गर्न नसकिने देखेपछि मानोरेलको अध्ययन प्रतिवेदन थन्काउने निर्णय लिइसकेको छ । अब संघीय र प्रदेश सरकारले नै मास ट्रान्जिटमा जाने गरी काम गर्ने महानगरपालिकाको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?