+
+

गल्फर सुवास तामाङ र सद्भाव आचार्यले भारतमा प्रशिक्षण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १९:५४

५ असार, काठमाडौं। नेपालका दुई उत्कृष्ट एमेच्योर गल्फर सुवास तामाङ (एमेच्योर नम्बर वान) र सद्भाव आचार्य (एमेच्योर नम्बर दुई)ले भारतको बैंग्लोरमा रहेको विश्वकै प्रतिष्ठित गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन् ।

एसियन गेम्सका लागि लङ लिस्ट (लामो सूची) मा रहेका उनीहरुले बैंग्लोरमा रहेको सुविधासहितको तरुन सरदेसाई गल्फ एकेडेमीमा करिब ३ महिना प्रशिक्षण गर्नेछन् ।

नेपाल गल्फ संघको पहलमा उनीहरुले भारतमा प्रशिक्षण गर्न लागेका हुन । प्रशिक्षणका लागि सुवास र सद्भाव बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

उनीहलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंक लाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य लगायतले आइतबार बिदाइ गरे ।

सुरुवातमा सुवास र सद्भावले तीन महिना प्रशिक्षण गर्नेछन् । तीन महिनापछि सद्भाव सोही एकडेमीमा दुई वर्षसम्म थप अध्ययन र प्रशिक्षणमा रहनेछन् ।

यसक्रममा सद्धाव यहाँ टुर्नामेन्ट हुँदा आउने जाने गर्ने संघले जनाएको छ । यस्तै संघले नम्बर वान प्रो गल्फर शुक्र बहादुर राईलाई पनि प्रशिक्षणको वातावरण मिलाउने तयारी गरिरहेको जनाएको छ ।

नेपाल गल्फ संघका युथ डेभलपमेन्ट डिरेक्टर तथा एसियन गेम्स तयारीको मुख्य प्रशिक्षक दिपक आचार्य पनि बेंगलोर जानेछन् ।

सुवासलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटिले सहयोग गर्नेछ । ५० प्रतिशत छात्रवृत्ति पाएका सुवासको लागि तीन महिनामा ६ लाख नेपाली रुपैया खर्च हुने संघले जनाएको छ ।

यस्तै व्यक्तिगत खर्चमा प्रशिक्षणमा जान लागेका सद्भावको लागि १६ लाख भारतीय रुपैँया खर्च लाग्ने छसंघले जनाएको छ ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुवासले गल्फमा धेरै मिहिनेत गरेर प्रमाणित पनि गरेर देखाएको बताए । उनले एसियन गेम्सका लागि १२ खेलाडी लङ लिस्टमा रहेको र सबैलाई आर्थिक सहयोग गर्न गाह्रो हुने बताए ।

राखेपका सदस्यसचिव घिसिङले सबैलाई खेललाई समान अवसर दिइने बताउदै त्यसमा पनि धेरै सम्भावना भएको खेललाई थप प्रोत्साहन गरिने बताए ।

उक्त एकेडेमीमा विशेषगरी पोषण र इन्ज्युरी व्यवस्थापन सम्वन्धी प्रशिक्षण हुने गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?