+
+

फिल्म ‘लू’को संगीतकारमा कालीप्रसाद अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १४:०७

काठमाडौं । नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’मा आधारित हुने सोही शीर्षकको फिल्ममा कालीप्रसाद बाँस्कोटाले संगीत दिने भएका छन् । निर्माता निशा खरेल र संगीतकार बाँस्कोटाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बाँस्कोटाले दुई गीत तयार पार्नेछन् ।

मंसिरदेखि छायांकन हुने फिल्मको निर्देशक आगामी साता तय हुने कार्यकारी निर्माता रोजित भट्टराईले जानकारी दिए । निर्देशकको लागि अहिलेका चल्तीका दुई निर्देशकसँग छलफल भइरहेको निर्माण कम्पनीले जनाएको छ । कलाकारका विषयमा पनि छलफल अघि बढेको छ ।

उपन्यासकार समेत रहेका पाण्डे र निर्मात्री खरेलले मिलेर पटकथा लेखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?