
७ असार, काठमाडौं । सरकारी निकायको पेट्रोल खपत कम्तिमा २० प्रतिशत घटाइने भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले भने, ‘सरकारी निकायमा हुने पेट्रोल खपत कम्तिमा २० प्रतिशत घटाउने नीति लिइएको छ ।’
अन्र्तराष्ट्रिय बजारमा निरन्तर बढिरहेकाकारण नेपालमा पनि मुल्य समायोजन गरिएको र नेपालमा पनि पेट्रोलियम पर्दाथको मुल्य बढेको मन्त्री बडुले बताए । रुस–युक्रेन युद्धका कारण अन्र्तराष्ट्रिय बजारमै पेट्रोलियम पर्दाथको मुल्य बढिरहेको उनको भनाइ छ ।
संसदमा सांसदहरुले पेट्रोलियम पर्दाथको मुल्य बृद्धिको कारण माग गरेपछि सभामुखले मंगलबार सरकारलाई जवाफ दिन रुलिङ गरेका थिए । सभामुखको रुलिङ अनुसार मन्त्री बडुले जवाफ दिँदै अन्र्तराष्ट्रिय बजारलाई देखाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4