+
+

मन्त्रिपरिषद् हेरफेर चाँडै हुन्छ : जीवनराम श्रेष्ठ

कपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १७:५८

७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् ।

मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा एकीकृत समाजवादीको निर्णय अनुसार केही दिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए ।

उनले मन्त्री परिवर्तन गर्नका लागि आ-आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताए । उनले मन्त्रि हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने बताए ।

उनले भने, ‘जुन खालको हाम्रो संसदीय प्रणाली छ । त्यो भन्दा यताउता हुने कुरा हुँदै हुदैन । दुई, चार दिन ढिला, चाँडो हुने कुरा एउटा हुनसक्छ । चाडै नै हाम्रो पार्टीले गरेको निर्णय अनुसार नै प्रक्रिया अगाडी बढ्छ र हेरफेर हुन्छ । मलाई हाम्रो पार्टीको अध्यक्षले अब एक, दुई दिन भित्रमै हुन्छ भनेर जानकारी गराउनु भएको छ ।’

सांसद श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपालले एक, दुई दिन भित्रमा मन्त्रिपरिषद् हेरफेर हुने जानकारी आफूलाई गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?