+
+

सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउन अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १८:३३

७ असार, काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटनीले अनलाइनखबरलाई बताए ।

कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले ‘आफू श्रीमतीबाट सन्तुष्ट नभएको’ बताउँदै यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको जेठ पहिलो साता विद्यार्थीहरुले सार्वजनिक गरेका थिए । कलेज प्रशासनले कारबाही गर्न तादरुकता नदेखाएपछि उनीहरुले प्रदर्शन नै गरेका थिए ।

त्यसपछि प्रहरी वृत्त, गौशालाले दुवैजनालाई पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?