+
+

हैजा रोकथाम गर्न समिति गठन, ल्याब रिपोर्ट आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १५:४८

८ असार, काठमाडौं । काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।

काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि टोलीले काम गर्ने अधिकारीले बताए ।

‘ हैजाको केश जहाँ पत्ता लाग्छ । त्यस वरिपरिका हैजाका लक्षण भएका अन्य बिरामी भए नभएको एकिन गर्ने काम गर्छ,’ अधिकारीले अनलाइखबरसँग भने,’ कस्तो खानेकुरा वा खानेपानी सेवन गर्छन् जस्ता कुराहरु अनुगमन गर्ने र नुमना संकलन गर्ने काम गरिन्छ ।’

काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन भइसकेको छ ।

‘चारवटा केसको ट्रेस भइसकेको र बागबजार क्षेत्रको पानी परीक्षण गर्न ल्याबमा पठाएको छ । ल्याब रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।

बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?