+
+

ब्याजदर बढ्दा स्वीकार्नुपर्छ, मौद्रिक नीतिले सबै समस्या समाधान गर्दैन : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १६:०८

८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने संकेत गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले ब्याजदर बढिरहेको भन्दै त्यसलाई सबैले स्वीकार्नुपर्ने बताए ।

‘रेटहरु बढ्दा छन्,’ उनले भने,’उद्योगीहरुले प्रताडित छौं भन्नुभएको छ, तर परार साल सम्झनुस् त, अहिले त्योभन्दा राम्रो अवस्था छ ।’

उनले कुल गार्हस्थ्य उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न गर्दै त्यस्तो ऋण प्रणालीमा स्वभाविक रुपमा फर्किने विश्वास व्यक्त गरे ।

उनले मौद्रिक नीति जादुको छडी नभएको बताए । सबै समस्याको समाधान मौद्रिक नीतिले नगर्ने भन्दै यसका आफ्नै सीमाहरु भएको उल्लेख गरे ।

‘बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मुद्रास्फीतिको सीमा कायम गर्ने भनेको छ,’ उनले भने,’त्यही अब्जिेक्टिभ र गोललाई हेरेर मौद्रिक नीति आउने हो ।’

उनले अन्य मुलुकले पनि ५० वर्षमा नभोगेको मूल्यवृद्धि भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय परिवेशले मूल्यवृद्धिलाई वाञ्छित सीमाभित्र राख्न चुनौतीपूर्ण हुने बताए ।

‘सबै सतर्क र सजग रहौं, सबैले आफ्नो जिम्मेवारी पुार गरौं, त्यसो गर्दा अर्थतन्त्र पनि सही ठाउँमा बस्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?