+

हार जित होइन, जिम्मेवारी ट्रान्सफर भएको छ : एन्फा अध्यक्ष नेम्वाङ

२०७९ असार  ८ गते १८:०८ २०७९ असार ८ गते १८:०८
हार जित होइन, जिम्मेवारी ट्रान्सफर भएको छ : एन्फा अध्यक्ष नेम्वाङ

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङले निर्वाचनमा हार जित भन्दा पनि जिम्मेवारी ट्रान्सफर भएको बताएका छन् ।

बुधबार एन्फा मुख्यालयमा पदको सपथ लिँदै पंकजले जिम्मेवारी आफूहरुमा आएको बताए ।

‘निर्वाचनमा हार जित हुन्छ । अहिले यो समिति निर्वाचित भएर आइरहेका छौँ । हामीले गहन जिम्मेवारी पाएका छौँ । साधारण सभाले जिम्मेवारी दिएको छ । सपथ गरेका कुरा मनन गर्दै नेपाली खेलाडी, प्रशिक्षक, जिल्ला, क्लब, समर्थकहरुप्रति सदैव इमान्दार रहेर काम गर्दछौँ,’ पंकजले भने, ‘हार जित होइन जिम्मेवारी कर्माजीको टिमबाट हाम्रो टिममा आईराछ त्यो हामीले जिम्मेवारीपूर्वक नेपाली फुटबलमा लागु गर्नेछौँ ।’

उनले नेपाली फुटबलमा योगदान गर्ने सबैलाई सम्मान गर्दै सबैबाट सुझाव, सहयोग र साथको अपेक्षा राखेको पनि बताएका छन् ।

सोमबार भएको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पछि पार्दै पंकज एन्फाको अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचितहरुलाई निर्वाचन कमिटीको संयोजक श्रीराम दवाडीले सपथ गराएका हुन् ।

सपथ लगत्तै नेम्वाङले पदभार ग्रहण गरेका छन् र कार्यसमितिको पहिलो बैठक पनि बसेको छ ।

सपथ, पदभार र बैठकका तस्वीरहरु :

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

एन्फा पंकज विक्रम नेम्वाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय