+
+

डलरको मूल्य नयाँ उचाइमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १३:१०

९ असार, काठमाडौं । अमेरिकी डलरको मजबुती बढ्दै जाँदा भारतसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँको अवमूल्यन हालसम्मकै उच्च बनेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ७२ पैसा तोकेको छ । बुधबार डलरको बिक्री मूल्य १२५ रुपयाँ २२ पैसा थियो । डलर मजबुती हालसम्म कै उच्च बनेपछि डलर खरिदका लागि लगानी गर्नुपर्ने नेपाली रुपैयाँ धेरै हुनेछ । आयातमा आधारित अर्थतन्त्रका कारण डलरको मजबुतीले आयातमा बाहिरिने रकम बढ्नेछ ।

डलर सञ्चिति र शोधनान्तर घाटा गहिरिएको बेला डलरको मजबुतीले अर्थतन्त्रमा थप संकट निम्त्याउने जोखिम बढ्ने जानकारहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको १० महिनामा अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्ययन ३.७१ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?