+
+

एमालेमा कैलाली अध्यक्ष थापालाई कारबाही गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते ११:३१

१० असार, धनगढी । नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले जानकारी दिए । जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्ने पाण्डे बताउँछन् ।

३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थापाले एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको जस्ता आरोप लगाउँदै जिल्ला इन्चार्ज नारदमुनी रानाले ५ असारमा २३ बुँदे स्पष्टीकरण सोधेका थिए ।

तीन दिनको समय दिएर सोधिएको स्पष्टीकरणको उनले जवाफ समेत नफर्काएपछि साधारण सदस्य समेत नरहने गरी कारवाही सिफारिस गरिएको एमाले कैलालीले जनाएको छ । एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापा गत पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले हराउँदै अध्यक्षमा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?