+
+

नेपालले क्यानडासँग २ एक दिवसीय शृङ्खला खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते ११:१२

१२ असार, काठमाडौं । नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ ।

नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजेभित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।

नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका छ ।

नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल खेल्न लागेको हो ।

क्यानडामा द्विपक्षीय शृङ्खला खेलेर नेपाली टोली स्कटल्याण्ड जाने छ । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग-२ का ४ खेल खेल्ने छ । पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ ।

अमेरिकामा भएको लिग-२ को ओमानसमेत सम्मिलित शृङ्खलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । लिग-२ मा अहिलेसम्म १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?