+
+

आफन्तको जन्मदिन मनाउन उर्लाबारी आएका वृद्ध मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १२:००

१२ असार, विराटनगर । झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारी आएका एक वृद्धको शव खेतमा भेटिएको छ ।

आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाका ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान फेला परेको हो ।

उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी आइतबार बिहान करिब साढे ५ बजे खेमबहादुरकाे घर नजिकैको खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार मृतक पुरुषको घर झापाको दमक नगरपालिका–१  मा पर्छ ।

घोप्टो परेको अवस्थामा मृत भेटिएको र मृत्युको कारण नखुलेको प्रहरीले बताएको छ ।   पोस्टमार्टमका लागि शव उर्लाबारीकै मङ्गलबारे अस्पताल पठाएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?