+
+

नाटक ‘साबिती’मा अभिनय गर्न चर्चित भारतीय रंगकर्मी अनुराधा मजुमदार काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते ११:५८

काठमाडौं । जगदीश घिमिरेद्वारा लिखित कथा ‘साबिती’मा आधारित भएर थिएटर भिलेजले नाटक मञ्चन गर्ने भएको छ । असार १७ देखि १९ गतेसम्म शिल्पी थिएटरमा नाटक मञ्चन हुन लागेको हो ।

यसअघि केही नेपाली नाटकमा समेत अभिनय गरिसकेकी भारतीय रंगकर्मी अनुराधा मजुमदार ‘साबिती’को लागि काठमाडौंमा छिन् । उनी अहिले नाटकको रिहर्सलमा व्यस्त छिन् । यसअघि खुमा र बाँकी उज्यालो नाटकमा समेत अभिनय गरेकी उनी सौगात मल्ल र दयाहाङकी अभिनय गुरुआमा पनि मानिन्छिन् । यसअघि थिएटर भिलेज स्थापनाको बेला मञ्चन भएको नाटक पुनः मञ्चन हुन लागेको हो ।

१० वर्षअघि मञ्चन हुँदाहुँदै प्रमुख अभिनेता सुनिल पोखरेल बिरामी भएपछि त्यतिबेला नाटक रोकिएको थियो । नाटक साबिती यसअघि भारतको दिल्ली र जम्मुमा आयोजना भएका अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भइसकेको छ ।

‘मुख्य महिला पात्रको दृष्टिकोणमार्फत नाटक प्रस्तुत गर्न लागेका हौं,’ अनलाइनखबरसँग निर्देशक विमल सुवेदीले भने, ‘यसले भ्रष्ट समाजको ढोंगीपनलाई प्रस्तुत गर्छ ।’ नाट्य रुपान्तरण निर्देशक सुवेदी र सुरज सुवेदीले गरेका हुन् ।

अनुराधासँगै नाटकमा सुजन वली र साजनकुमार सुनुवारको पनि मुख्य भूमिका छ । नाटकका सहायक निर्देशक जेनिश सुनुवार छन् भने दिलीप रानाभाट प्रोडक्सन डिजाइनर हुन् ।

थिएटर भिलेजले हालै मदन पुरस्कार विजेता पुस्तक ‘पल्पसा क्याफे’ नाटक मञ्चन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?