+
+

नेपाली कलाकार आबद्ध भोजपुरी फिल्म शुक्रबारदेखि नेपाली हलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १२:३८
भोजपुरी फिल्म रणमा अभिनय गरेका कलाकार नरेन खड्का

काठमाडौं । नेपालमा देशव्यापी रुपमा सम्भवतः पहिलोपटक भोजपुरी भाषाको फिल्म रिलिज हुने भएको छ । नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘रण’ले तीन दर्जनभन्दा बढी हलबाट प्रदर्शन थाल्न लागेको हो ।

राजधानीसँगै मोफसलका ४० बढी हलमा शुक्रबारदेखि ‘रण’ प्रदर्शनमा आउने निर्देशक पन्तले जानकारी दिए ।

‘राजधानीका केही मल्टिप्लेक्ससँग कुरा भइरहेको छ, विश्वज्योति लगायतका केही हलमा लाग्ने निश्चित छ,’ पन्तले भने । फिल्मले मुख्यतः तराई-मधेश केन्द्रित हलमा दर्शकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।

यो फिल्म यसअघि भारतको बिहारमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारदेखि फिल्मले मुम्बई र गुजरातमा प्रदर्शन थाल्ने पन्तले बताए । दिल्लीमा भने जुलाई १० बाट यो फिल्म प्रदर्शनमा आउनेछ ।

एक्सनप्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिक समेत संलग्न छन् । ‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यु गरेका छन् ।

फिल्ममा नरेनसँगै आन्नद ओझा, काजल रघवानी, आएज खान, सीपी भट्ट, मनोज टाइगर, देव सिंह र अरुणकुमार मिश्र मुख्य भूमिकामा छन् । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यको फिल्म उद्योगलाई भोजपुरी फिल्म उद्योग भनिन्छ ।

निर्देशक पन्तले नीता ढुंगानाले नेपाली र हिन्दी भाषामा निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’ समेत निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?