+
+

भेटियो संसारकै ठूलो ब्याक्टेरिया !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १३:३५

१३ असार,लकाठमाडौं । वैज्ञानिकहरुले एउटा नयाँ प्रजातिको ब्याक्टेरिया पत्ता लगाएका छन् । सो ब्याक्टेरिया संसारकै ठूलो प्रजातिको ब्याक्टेरिया रहेको बताइएको छ ।

उक्त एककोषीय व्याक्टेरियाको कोष यतिधेरै ठूलो छ कि त्यसको तुलना एक सेन्टिमिटर लामो मानिसको परेलासँग गर्न सकिन्छ । उक्त ब्याक्टेरिया सामान्य ब्याक्टेरियाको तुलनामा ५ हजार गुणा ठूलो रहेको छ ।

ब्याक्टेरियाको शोधकर्ता समेत रहेका लरेन्स बर्कले नेशनल ल्याबोरेटरीका सामुद्रिक जीवविज्ञ जीन म्यारी भोल्याण्डका अनुसार त्यत्रो भिमकाय ब्याक्टेरिया फेला पर्नु ठूलो आश्चर्यको कुरा हो ।

साइन्स जर्नलमा प्रकाशित शोध अनुसार थियोमार्गरिटा म्याग्निफिका नामको उक्त ब्याक्टेरिया सबैभन्दा पहिले गुआदेलूपस्थित युनिभर्सिटी अफ डेस एन्टीलेसका प्राध्यापक ओलिभियर ग्रसले पत्ता लगाएका थिए । क्यारेबियन क्षेत्रस्थित दलदलमा फसेको बेला उनले उक्त ब्याक्टेरिया देखेका थिए ।

सुरुमा उनले उक्त जीव बहुकोषीय जीव भएको ठानेपछि सुक्ष्मदर्शक यन्त्रले हेर्दा त्यो एककोषीय ब्याक्टेरिया रहेको प्रमाणित भयो ।

अधिकांस ब्याक्टेरियाको कोष निकै सानो हुन्छ अर्थात् लम्बाई करीब दुई माइक्रोमिटर हुने गर्दछ । कतिपय ठूलो आकारका ब्याक्टेरिया केही सय माइक्रोमिटर सम्मका हुने गर्दछन् । तर पछिल्लोपटक फेला परेको नयाँ प्रजातिको ब्याक्टेरियाको लम्बाई २० हजार माइक्रोमिटर अर्थात् दुई सेन्टिमिटर रहेको छ ।

यो ब्याक्टेरिया नङ जस्तै कडा हुनुका साथै असामान्य तरिकाले प्रजनन गर्दछ । यो ब्याक्टेरियाको फिलामेन्ट खुम्चिन्छ र डिएनए युक्त टुसा बनाउनका लागि अलग हुन्छ । उक्त टुसा त्यसपछि मूल ब्याक्टेरियाबाट अलग्गिएर नयाँ ब्याक्टेरियाको रुप लिन्छ ।

आकारमा भयानक हुनुका बाबजुत यो ब्याक्टेरियाले मानिसलाई कुनै हानी गर्दैन । यो ब्याक्टेरियाको जिनोमिक संरचना समेत पत्ता लागेको छ, जस अनुसार यसमा अन्य ब्याक्टेरियाहरुमा भन्दा धेरै गुणा जिन हुने तथ्य समेत फेला परेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?