
१३ असार, काठमाडौं । बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले जनताले अब लौरोले पिट्न मात्रै बाँकी रहेको बताएका छन् ।
बागमती प्रदेशको आर्थिक वर्ष २०७९/०८०को विनियोजन विधेयक माथि छलफल गर्दै श्रेष्ठले प्रदेश सभामा पस्दा सगुन र फूल दिएका जनताले प्रदेशको
काम देखेर लौरो हान्ने बेला भएको बताएका हुन् ।
‘हामी प्रदेश सभामा पस्दा यहाँका जनताले हामीलाई सगुन दिएर स्वागत गरेका थिए । तर अब जाने बेलामा लौरोले हान्न बेर छैन । प्रदेश सभा भवन अगाडी
पानी जम्ने खाल्डो छ, प्रदेश सभाका फलफुलका रुखहरु काटिएका छन् ।’
विवेकशील साझा पार्टीबाट सांसद भनेका उनले थपे ‘अब यो व्यवस्था खारेज गरौं भनेर जनता किन सडकमा नआउने ? कर तिर्दिन भनेर भद्र अवज्ञा किन नगर्ने
प्रदेश सरकारले जवाफ दिनुपर्छ ।’ उनले प्रदेश सरकार असक्षम भएको भन्दै जनता निराश रहेको बताए ।
बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८०को विनियोजन विधेयक माथिको छलफल चलिरहेको छ ।
प्रतिक्रिया 4