+
+

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाको कार्यक्रम नरोक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १४:२९

१५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

यसअघि सरकारबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले १५ असारदेखि स्थगित गर्ने निर्णय गरेको थियो ।

अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै १४ असार (हिजो) सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम १५ असारदेखि पनि निरन्तरता दिएको जनाएको छ ।

स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । अस्पताल प्रशासनका अनुसार सरकारले बीमामार्फत अस्पताललाई ८ करोड रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी छ ।

स्वास्थ्य बीमा बोर्डले समस्या यथाशीघ्र सम्बोधन गर्न बोर्डको बैठक र चिकित्सकसँग छलफल गरी समस्या समाधानको काम अघि बढिसकेको जानकारी दिँदै बोर्डले १४ असारमा त्रिवि शिक्षण अस्पताललाई पत्रचार गरी सेवा नरोक्न अनुरोध गरेको थियो ।

अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने गरेको अधिकारीले बताए ।

‘स्वास्थ्य बीमा बोर्डले भुक्तानी तत्काल गर्ने र हाम्रो सम्झौता अनुरुप नै भुक्तानी दिने भनेर पत्रचार भएपछि सेवालाई निरन्तरता दिन लागेका हौं,’ अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?