+
+

रिसाएको भाइलाई फकाउन युवतीले लेखिन् ४ सय ३४ मिटर लामो चिठी !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १६:५६

१६ असार, काठमाडौं । बाल्यकालमा घरमा आफ्नो दाजु, दिदी वा भाई तथा बहिनी जो कोहीसँग पनि झगडा गर्नु, ठाकठुक पर्नु स्वभाविकै हो ।

बच्चाबच्चीको झगडाले कहिलेकाहीँ चर्कै रुप लिएपछि छिटै साम्य हुन्थ्यो । तर छिमेकी भारतको केरलामा बस्ने एक युवतीले भने रिसाएको आफ्नो भाईलाई फकाउनका लागि ४ सय ३४ मिटर लामो चिठी लेख्नुपरेको छ ।

कृष्णप्रिया नामकी ती युवतीले सबैभन्दा लामो तथा वजनदार चिठी लेखेर किर्तिमान कायम गरेका छिन् । उनले लेखेको चिठीको तौल ५.२७ केजी छ ।

केरलाको इद्दुकीमा बस्ने कृष्णाप्रियाले आफ्नो २१ वर्षे भाई कृष्णप्रसादका लागि यति लामो र वजनदार चिठी लेखेर विश्वकिर्तिमान कायम गरेकी हुन् ।

भ्रातृ दिवसको दिनमा भाईलाई शुभकामना दिन भुलेपछि रिसाएर बोलचाल नै बन्द गरेका भाईलाई फकाउन कृष्णप्रियाले उक्त चिठी लेखिन् ।

पेशाले इन्जिनियर कृष्णप्रिया यो पटकको विश्व भ्रातृ दिवसको दिन मे २४ मा घरमा भाईसँग थिइनन् । कामले गर्दा उनले उक्त दिन भाईलाई शुभकामना दिन बिर्सिइन् । भाईले गरेको मेसेज पनि घण्टौँसम्म हेर्न पाइनन् । त्यसपछि उनका भाई कृष्णप्रसाद रिसले आगो भए ।

पछि भ्रातृ दिवसको सम्झना आउँदा तथा भाइको मेसेज देखिसकेपछि उनले हतार हतार कृष्णप्रसादलाई शुभकामना पठाइन् । तर त्यसको जवाफ कृष्णप्रसादले दिएनन् । उल्टै उनले दिदीलाई ह्वाट्सएपमा ब्लक गरिदिए र उनीसँग बोलचाल नै बन्द गरे । भाइ रिसाएर बोलचाल बन्द गरेपछि कृष्णप्रियाले उनलाई चिठी लेख्न सुरु गरिन् ।

कृष्णाप्रियाले विश्व भ्रातृ दिवसको भोलिपल्ट अर्थात् मे २५ देखि भाईलाई चिठी लेख्न सुरु गरेकी थिइन् । सुरुमा उनले सामान्य कागजमा चिठी लेख्न थालेकी थिइन् । तर जति गर्दापनि मनको कुरा सकिएको थिएन ।

मनका सबै कुरा लेख्ने भन्दै उनले पसलबाट १५ रोल कागज खरीद गरिन् । त्यसपछि निरन्तर चिठी लेखिरहिन् । हरेक १२ घण्टामा एक रोल कागज पत्र लेखेर भर्दै गइन् । सबै कागजमा पत्र लेखेपछि उनले निकै मुस्किलले जोडेर सिंगो पत्र तयार गरिन् ।

उक्त चिठी भाइलाई पठाउनका लागि उनी हुलाकमा गइन् । हुलाक कार्यालयमा उनको पत्रको नापजाँच हुँदा ५.२७ किलो तौल तथा ४ सय ३४ मिटर लम्बाई भएको देखियो ।

भाई कृष्णप्रसादले जब दिदीले पठाएको उक्त चिठी प्राप्त गरे उनी दङ्ग भए । दिदीको प्रेम देखेर उनी भाव विह्वल पनि भए । उनले तत्कालै उक्त चिठीलाई कोलकातास्थित युनिभर्सल रेकर्ड फोरममा प्रेषित गरे । अन्ततः उक्त चिठीले विश्व किर्तिमान कायम गरेको पुष्टि भयो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?