+
+

पोखरामा चिनियाँ नागरिकले चलाएको कम्पनीमा प्रहरी छापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १७:३०
प्रहरीले अपरेशन चलाइरहेको घर । तस्वीरः विकास रोका मगर/अनलाइनखबर

१६ असार, काठमाडौं । चिनियाँ नागरिकले पोखरामा चलाएको एक कम्पनीमा प्रहरीले छापा मारेको छ ।

कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले छापा हानेको हो ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले अपरेशन जारी रहे पनि विस्तृत विवरण आइनसकेको अनलाइनखबरलाई बताए । स्रोतका अनुसार प्रहरीले कम्पनीमा कार्यरत तीन जना चिनियाँ र ७५ नेपाली नागरिकलाई सोधपुछ गरिरहेको छ ।

पोखरा–१७, ड्यामसाइटमा घर भाडामा लिएर उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको आरोप छ । घटनास्थलमा रहेका कास्कीका डीएसपी सुन्दर तिवारीले उनीहरुको गतिविधिबारे जानकारी लिने काम भइरहेको अनलाइनखबरलाई बताए ।

नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरीलाई छ । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा अपरेशन चलाएर काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो ।

त्यतिवेला दिइएको सूचनामा काठमाडौं बाहेक पोखरा, विराटनगर, चितवनसहितका शहरमा गरी करिब ४ हजार चिनियाँ नागरिकले नेपालमा बसेर चीनविरुद्ध अवैध गतिविधि गरिरहेको भनिएको थियो । यद्यपि, त्यतिवेला ठगीका गिरोहका मुख्य सदस्यहरुलाई नेपाल प्रहरीले भगाएको आरोपमा चिनियाँ पक्ष असन्तुष्ट भएको थियो ।

काठमाडौं उपत्यकाबाहिर चाहिं प्रहरीले यस्ता गतिविधिमा संलग्न चिनियाँविरुद्ध हालसम्म अपरेशन चलाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?