
१७ असार, काठमाडौं । सगरमाथा आरोहण गरेका प्रकाश दाहाल (साकार) को सालिक नुवाकोटको ककनीमा निर्माण गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सालिक अनावरण गरे ।
नेपाल पर्वतारोहण संघले निर्माण गरेको सो सालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर आज बिहान अनावरण गरिएको हो । सालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनी समेत अंकित छ ।
२०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा शान्ति अभियान अन्तर्गत २०६९ साल जेठ १३ गते कृष्ण केसी नेतृत्वमा प्रकाश दाहाल, बिना मगर, सरल सहयात्री, युवराज दुलाल (शरद), शिव डाँगी, मदन चुडाल र महेश्वर फुयालले सगरमाथाको सफल आरोहण गरेका थिए ।
प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन् । २०७४ साल मंसिर ३ गते उनको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4