
काठमाडौं । २६ वर्षपछि ‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटले निर्देशक जेम्स क्यामरुनसँग सहकार्य गरेकी छन् । ‘अवतार’को दोस्रो श्रृंखलाले हलिउडका यी दुई हस्तीलाई सँगै ल्याएको छ ।
‘अवतार ः द वे अफ वाटर’ पुस १ गते नेपालमा रिलिज हुँदैछ । हलिउड म्यागजिन ‘द अम्पायर’मार्फत निर्माताले केट विन्सलेटको अवतार लुक्स सार्वजनिक गरेका छन् । म्यागजिनले अवतारको विशेष संस्करण समेत प्रकाशन गरेको छ ।
उक्त फस्टलुकमा केट तीखा दाँत र ठूला आँखावाली चरित्रमा प्रस्तुत छिन् । ठूलो निधार भएकी उनले कसैप्रति रिसाएर क्रोध व्यक्त गरिरहेको देखिन्छ ।
आफ्नो चरित्रबारे म्यागजिनसँग कुरा गर्दै केटले भनेकी छन्, ‘उनी एक बफादार र निडर कमान्डर हुन् । एक योद्धाजस्तै उनी बलियो छिन् । खतराको बीचमा पनि उनी आफ्ना मानिस र बच्चासँगै हुन्छिन् । आफूलाई प्यारो लाग्ने कुराको लागि उनी लड्छिन् ।’
अभिनेत्री विन्सलेटले यसअघि क्यामरुनसँग टाइटानिकमा अभिनय गरेकी थिइन् ।
प्रतिक्रिया 4