+
+
Shares

चलचित्र निर्देशक समाजको अध्यक्षमा प्रधान निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान १०९ मत प्राप्त गरी निर्वाचित भएका छन्।
  • उपाध्यक्षमा सुवास गजुरेल र दीपक वली, महासचिवमा समुन्द्र भट्ट निर्वाचित भएका छन्।
  • कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित भएका छन् भने सहकोषाध्यक्षमा उत्सव केसी चुनिएका छन्।

काठमाडौँ । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् ।

मंगलबार राती सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई पराजित गरे । कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत मात्र पाए ।

दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भए । महासचिवमा समुन्द्र भट्ट विजयी हुँदा सचिव पदमा राजबहादुर साने निर्वाचित भए ।

कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित भए । सहकोषाध्यक्षमा उत्सव केसी चुनिए । लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बु निर्विरोध निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?