+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले बनायो समानान्तर समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १८ गते १९:१२

१८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति गठन गरेको छ ।

शनिबार असन्तुष्ट पक्षले आयोजना गरेको भेलाले पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

समितिले विधान वमोजिम कारबाही गराउन र सम्मेलनको तयारीका लागि काम गर्ने असन्तुष्ट समूहका सदस्य बालकुमार केसीले बताए । कार्की पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीका उपाध्यक्ष थिए । समानान्तर गतिविधि गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीसहितका नेता कार्यकर्तालाई कारबाही गरेको थियो ।

तर यो पक्षले अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विधान विपरीत गतिविधि गरेको भन्दै विरोध जनाउँदै आएका छन् ।

अध्यक्षज्यूको समूहले विधान विपरीत पदाधिकारी तथा केन्द्रीय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नुभएन,’ असन्तुष्ट समुहका समीर बुढाथोकीले भने, ‘संगठनलाई विद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?