+
+

म्यानचेस्टर युनाइटेड छाड्न चाहन्छन् रोनाल्डो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १३:२४

१९ असार, काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने योजनामा रहेको सार्वजनिक भएको छ । नयाँ सिजनको सुरुवातअधि नै कुनै क्लबले राम्रो रकमको प्रस्ताव गरेमा उनले युनाइटेड छाड्न चाहेको बीबीसीले उल्लेख गरेको छ ।

३७ वर्षीय फरवार्ड गत सिजनको सुरुवातदेखि इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड पुगेका थिए ।

उनी गत सिजन युनाइटेडका लागि सर्वाधिक गोलकर्ता थिए भने प्रिमियर लिगमा तेस्रो स्थानमा थिए । तर, समग्रमा भने उनको प्रदर्शन निराशाजनक रह्यो ।

युनाइटेड प्रिमियर लिगमा छैटौं हुँदा च्याम्पियन्स लिगमा छनोट हुन असफल भयो । युनाइटेडमा रोनाल्डोको सम्झौता वैकल्पिकसमेत गरी अझै २ वर्ष बाँकी छ ।

युनाइटेड च्याम्पियन्स लिगमा छनोट नभएपछि रोनाल्डोले पनि क्लबबाट बहिर्गनमन चाहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

रोनाल्डो गत सिजन युनाइटेडको सिजनको उत्कृष्ट खेलाडी थिए र पीएफएको उत्कृष्ट ११ मा पनि अटाएका थिए । एक सिजनपछि नै उनले क्लब छाड्न चाहेका छन् ।

‘रोनाल्डोले युनाइटेडसँग कुनै क्लबले राम्रो प्रस्ताव गरेमा आफूलाई क्लब छाड्ने अनुमति दिन अनुरोध गरेको टी टाइम्सले उल्लेख गरेको छ ।

तर, युनाइटेडले बेच्न चाहेको खेलाडीमा रोनाल्डोको नाम छैन । उनी प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडीमध्येमा पर्छन् । उनी बाहिरिएको अवस्थामा युनाइटेडले ट्रान्सफर बजेटबाट अरु खेलाडी लिन पर्याप्त रकम पाउनेछ ।

रोनाल्डो यसै साता प्रि–सिजन प्रशिक्षणका लागि क्लब फर्किने तयारीमा छन् । प्रि–सिजन अन्तर्गत उनी थाइल्याण्ड र अष्ट्रेलियाको भ्रमणमा सहभागी हुने अपेक्षा गरिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?