२० असार, विराटनगर । प्रदेशबाट अन्र्तराष्ट्रिय प्रतियोगिता सहभागी खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ ।
प्रदेश १ खेलकुद विकास बोर्डले विभिन्न मितिमा प्रदेश १ बाट ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एशियाली खेलकुदमा सहभागिता जनाएका १८७ जना खेलाडीलाई सम्मान गरेको हो ।
विभिन्न समयमा प्रदेश १ बाट ओलम्पिक खेलमा सहभागी ९ जना, एशियन खेलकुदमा सहभागी ३७ र दक्षिण एशियाली खेलकुदमा सहभागी १४१ जना खेलाडीलाई सम्मान गरेको बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताए ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, समाजिक विकासमन्त्री राजन राईले सम्मान गरेका हुन् ।
प्रतिक्रिया 4