+
+

गाब्रियल जेसस आर्सनलमा अनुबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १४:००

२० असार, काठमाडौं । ब्राजिलियन फरवार्ड गाब्रियल जेसस इंग्लिस क्लब आर्सनलमा अनुबन्ध भएका छन् ।

लण्डन क्लब आर्सनलले म्यानचेष्टर सिटीबाट जेससलाई लामो समयको लागि अनुबन्ध गरेको जनाएको छ । तर कति वर्षको भन्ने खुलाएको छैन । तर स्थानीय सञ्चार माध्यमका अनुसार भने उनी सन् २०२७ सम्म आर्सनलमा रहनेछन् ।

आर्सनलले ४५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

गाब्रीएल जेससले आर्सनलमा ९ नम्बर जर्सी लगाउनेछन् । उनी प्रिसिजन टुरमा पनि सहभागी हुनेछन् । २५ वर्षीय ब्राजिलियन फरवार्डले साढे पाँच वर्ष सिटीमा बिताएर आर्सनल लागेका हुन् । उनले सिटीमा सबैखाले प्रतियोगितामा गरेर २३६ खेल खेल्दै ९५ गोल गरेका थिए । जेससले सिटीका लागि चार प्रिमियर लिग उपाधि जितेका छन् । साथै एफए कप र तीन पटक लिग कपको उपाधि जितेका छन् । उनले सिटीमा कूल ११ उपाधि जिते ।

ब्राजिलिनय टिममा नियमित खेल्दै आएका जेससले राष्ट्रिय टिमका लागि ५६ खेल खेल्दै १९ गोल गरेका छन् । उनले सन् २०१६ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले सन् २०१९ मा ब्राजिलबाट कोपा अमेरिका समेत जितेका छन् ।

ब्राजिलियन क्लब पाल्मेरिसबाट युथ करियर सुरु गरेका जेससले १७ वर्षको उमेरमा सन् २०१५ मा पाल्मेरिसका लागि सिनियर टिमबाट डेब्यु गरेका थिए ।

आर्सनलका टेक्निकल डिरेक्टर एडुले जेससलाई अनुबन्ध गर्न पाउँदा उत्साहित भएको बताएका छन् । आर्सनलका प्रशिक्षक मिकेट अर्टेटाले यस सम्जौताबाट उत्साहित भएको बताउँदै क्लबले राम्रो काम गरेको बताए । उनले प्रिमियर लिगमा जेससको प्रदर्शनबारे सबै जानकार रहेको र आर्सनलमा पनि सफल हुने विश्वास व्यक्त गरे । ‘यो एक पोजिसनका लागि लामो समयदेखि पर्खिरहेका थियौँ र हामीले चाहेको खेलाडी पाउन सफल भएका छौं, त्यसैले म साँच्चै खुसी छु,’ उनले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?